केन्द्रमा फेरियो सत्ता समीकरण : कोशीमा के हुन्छ ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार बनाउने सहमति भएपछि कोशी प्रदेशमा के होला भन्ने चासो बढेको छ । कोशी प्रदेश सरकारमा अहिले माओवादी केन्द्र र एमाले छन् । एमालेले कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि माओवादी केन्द्रले के गर्छ भन्ने चासो बढेको हो ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेशप्रसाद उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर र स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की मन्त्री छन् ।

कांग्रेस र एमालेबिच भएको प्रारम्भिक सहमति कार्यान्वयन भए कार्की नै मुख्यमन्त्री हुनेछन् । कोशीमा अहिलेकै सरकारको निरन्तरता हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । केन्द्र अनुसार नै प्रदेशमा अघि बढ्ने बताउँदै उनले भने, ‘माओवादी सरकारबाट बाहिरिन्छ या के गर्छ भन्न सकिँदैन । हामी उसलाई अहिले नै बाहिरिनु भन्दैनौँ ।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ पनि केन्द्रमा परिवर्तन भएसँगै यहाँ पनि सोही अनुसार अगाडि बढ्ने बताउँछन् ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि केन्द्रको निर्देशनपछि अघि बढ्ने बताउँछन् । सरकारबाट फिर्ता आउने वा नआउने विषयमा माथिको निर्देशन आवश्यक रहेको उनले बताए । ‘ पार्टी अध्यक्ष प्रधानमन्त्री रहेसम्म हामी पनि यहाँ सरकारमै रहन्छौं,’ उनले भने,‘त्यसपछि माथिको निर्देशन अनुसार अगाडि बढ्छौं, स्वाभाविक हिसाबले केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि सोही अनुसार हाम्रो दल अगाडि बढ्छ ।’

कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा छैटौँ पटक सरकार गठन भइसकेको छ ।६ वटा सरकार बन्दा हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका छन्।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि २०७९ पुस २४ मा एमाले, माओवादी, राप्रपा र जसपासहितको सहभागितामा हिक्मतकुमार कार्की नेतृत्वमा पहिलो सरकार बनेको थियो । केन्द्रको समीकरण फेरिएपछि २०८० असार १५ गते सरकार ढल्यो ।

त्यसपछि कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपाको समर्थनमा कांग्रेस नेता उद्धव थापा २०८० असार २१ गते पहिलो पटक र साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री बने । दुई पटक नै सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भए ।

त्यसपछि संविधानको धारा १६८ (३) अनुसार २०८० भदौ २२ गते एमालेका कार्की पुनः मुख्यमन्त्री नियुक्त भए । असोज २० मा राजीनामा दिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ मा केदार कार्की मुख्यमन्त्री बने । गत २६ बैशाखमा उनी पदमुक्त भए । २०८१ वैशाख २७ गतेदेखि हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् ।

९३ जनाको प्रदेशसभा रहेको कोशी प्रदेशमा सरकार निर्माणको लागि आवश्यक बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । केन्द्रमा सोमबार राती भएको सहमति अनुसार एमाले र काँग्रेसको सरकार बनेको खण्डमा उक्त सरकारलाई ६९ सांसदको समर्थन हुनेछ । यो प्रदेशसभामा रहेको ९३ सदस्य सांसदमध्येको दुई तिहाइ सङ्ख्या हो ।

प्रकाशित मिति: बुधबार, १९ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.