माग सम्बाेधन नभएपछि मुखमा टेप टाँसेर बैठकमा रास्वपा महामन्त्री

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । केन्द्रीय समितिको बैठक लाइभ गर्ने आफ्नो प्रस्ताव अस्वीकृत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् ।उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् ।

ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । ढकालले पार्टी सञ्चालनको वर्तमान पद्धति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।

आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालले राखेका थिए । तर उनको माग सुनुवाइ भएन ।

प्रकाशित मिति: बुधबार, १९ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.