नयाँ समीकरणप्रति बालेनकाे प्रतिक्रिया : ‘यो समय गिरिबन्धु चियाको हो’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । कांग्रेस र एमालेबीच बनेको नयाँ सत्ता समीकरणप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टी जनाएका छन् । सामाजिक सञ्जालमा कटाक्षयुक्त टिप्पणी गर्दै उनले आफ्नो असन्तोष व्यक्त गरेका हुन् ।

फेसबुकमा एमाले अध्यक्ष तथा भावि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगै बसेर चिया पिइरहेको तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले–काले मिलेर खाउँ भाले ।’

सोही स्टाटसको कमेन्टमा साहले नारायण गाउँलेले लेखेको एउटा टिप्पणी पनि कपी पेस्ट गरेका छन् ।

टिप्पणी यस्तो छः

गिरीबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्टलाई बेच्न दिने ’विधेयक संसदबाट पास भएछ ?

नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो ।

अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।

सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ‘टाप’ले आँखा छोपियो ।

देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ‘प्लान्ट भन्दा जग्गा किन्न या भाड़ामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ?

प्रकाशित मिति: मङ्गलबार, १८ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.