मोरङमा एसईई : ३० विद्यालयको नतिजा शून्य

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे ।

विराटनगर — मोरङका दुई निजीसहित ३० विद्यालयको एसईईको नतिजा शून्य आएको छ । जिल्लामा १ सय ६९ सामुदायिक र २ सय २५ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सामेल थिए । ती मध्ये दुई निजी र २८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो ।

शिक्षा समन्वय इकाई मोरङका परीक्षा शाखाका प्राविधिक राजन भट्टराईका अनुसार विराटनगर महानगरपालिकामा दुई निजीसहित ११, ग्रामथान गाउँपालिकाका ५, केरावारका ४, लेटाङका ३, जहदा र बुढीगंगाका दुईरदुई तथा उर्लाबारी, कानेपोखरी र रंगेलीका १र१ विद्यालयको नतिजा शून्य पाइएको छ ।

विराटनगरका विराट भिक्टोरीया र ग्रिननर्थ प्वाइन्ट बोर्डिङ स्कुलको नतिजा शून्य आएको हो ।

नजिता शून्य आउने सामुदायिक विद्यालयमा नाम चलेको जनता नमुना विद्यालय पनि छ । याे विद्यालय विराटनगर तीन पैनी चाेकमा छ ।

विराटनगरका विराट महेन्द्र रात्री मावि, गायत्री संस्कृत मावि, वालमावि जतुवा, शिक्षा सदन मावि, जनता मावि इक्राही, सार्वजनिक मावि बैजनाथपुर, तालीमुल कुरान मावि, जामिया माविको एसईई नतिजा शून्य छ ।

त्यसैगरी उर्लाबारीको राधिका मावि स्कुलडाँडा, कानेपोखरीका बाल मावि हरकपुर, केराबारी गाउँपालिका अर्न्तगतका सार्वजनिक मावि केराबारी, सरस्वती मावि पाटीगाउँ, रामपुर मावि भोगटेनी र जनकल्याण मावि छन् ।

ग्रामथान गाउँपालिका अर्न्तगतको पब्लिक मावि धनिवनी गाउँ, वाणी मावि सिध्राहा, वीरेन्द्र मावि झोराहाट, गणेश मावि धोवियारी, बुध्देश्वर मावि बुधनगर, सार्वजनिक मावि सिसवनी जहदा, नारायण मावि डंग्राहा, जनप्रिय मावि टंकी जनता मावि आमतोला रंगेली, साग्मा मावि भोगटेनी, भोगटेनी मावि भोगटेनी र लक्ष्मी मावि बारङगीको नतिजा शून्य छ ।

मोरङका सामुदायिक र सस्थागत गरी ३ सय ९४ विद्यालयका १७ हजार ५ सय ४५ परीक्षार्थी मध्ये ५३.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पाँच निजी विद्यालयका ८ जनाले ४ जिपीए ल्याएका थिए ।

विराटनरको एभरेष्ट वोर्डिङ स्कुलका राजु साह, सुब्रत वराल र कृतज्ञ दाहालले ४ जीपीए ल्याएका थिए ।

त्यसैगरी सगरमाथा आवासीय विद्यालयका प्रतिभा रौनियार, रेड स्टार बोर्डिङ स्कुल पथरीका सतीश आचार्य र अजय लिम्बु, पशुपति आवासीय विद्यालय उर्लावारीकी अन्वेशा बस्नेत र बुढानीलकण्ठ आवासीय मावि विराटनगरका सिरिन भट्टराईले ४ जीपीए ल्याएका थिए ।

मोरङमा १७ हजार ५ सय ४५ परीक्षार्थी मध्ये ८ हजार ८ सय ८९ जना अर्थात ५३.२९ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकप्रसाद गौतमले बताए ।

प्रकाशित मिति: सोमबार, १७ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.