होटलमा विवाद हुँदा पुरुषको मृत्यु, होटल सञ्चालिका पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा होटल सञ्चालकले कुटपिट गरेको एक दिनपछि एक पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– १९ बैजनाथपुरका ५० वर्षीय बीरवल गोसाइको मृत्यु भएको हो ।

उनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानकी ५ वर्षीय लिलादेवी ऋषिदेवलाई पक्राउ गरेको छ । उनी गाउँमा सानो होटल सञ्चालन गर्छिन् ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शनिबार बेलुका महिलाले कुटपिट गरेको देखिन्छ । आइतबार दिउँसो उपचारका लागि कोशी अस्पतालमा लगिएका गोसाइको आइतबार नै उपचारका क्रममा मृत्यु भएको थियो ।

‘मृतक अत्याधिक मदिरा सेवन गर्ने मान्छे रहेछन्, शनिबार होटल साहुनीले कुटी भनेर घरमा छोरीलाई भनेको रहेछन्,’ उनले भने,‘होटल सञ्चालकले पनि सामान्य विवादमा आफूले ढकेलेको स्वीकार गरेकी छन् ।’ पोस्टमार्टमपछि थप विषय खुल्ने उनले बताए ।

प्रहरीका अनुसार शनिबार राति बीरवल घर गएका थिएनन्, भोलिपल्ट विहान बाहिरै सडकमा लडिरहेको देखिएपछि आफन्तले घरमा लगेका थिए । घरमा लगेको केही समयपछि उपचारका लागि कोशी अस्पताल ल्याएका थिए ।

प्रकाशित मिति: सोमबार, १७ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.