काठमाडौँ । नागरिक उन्मुक्ति पार्ट अध्यक्ष रञ्जिता श्रेष्ठलाई बहुमत सांसदले संसदीय दलको नेताबाट हटाएका छन् । पार्टीका संरक्षक रेशम चौधरीसँगको विवादका कारण श्रेष्ठलाई बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।
बहुमत प्रतिनिधिसभा सदस्यहरूको बैठकले श्रेष्ठलाई जिम्मेवारीमुक्त गरेर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिएको छ । पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया– २ बाट निर्वाचित लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् ।
संसदीय दलको नेता परिवर्तन गरेको औपचारिक जानकारी संसद सचिवालयलाई गराउन बाँकी रहेको नाउपाले जनाएको छ ।
गत फागुनमा केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद थियो । उनीहरु श्रीमान श्रीमती हुन् ।
दल भित्र विवाद भएपछि श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन् ।
विवादकै कारण सुदूरपश्चिम सरकारमा पनि सांसद विभाजित छन् । रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सरकारमा सहभागी छन् । रेशम चौधरी पक्षका पाँच सांसद भने प्रतिपक्षी बेन्चमा बसेका छन् ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,572)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,430)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,278)