प्रदेशलाई अधिकार दिन संघ तयार भएन : मुख्यमन्त्री कार्की

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकार प्रदेशहरुलाई अधिकार दिन तयार नभएको बताएका छन् । आइतबार प्रदेश तहमा निर्मित कानुनको अध्ययन तथा समिक्षा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रमलाई संम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अधिकार दिन संघ तयार नभएको बताएका हुन् ।

प्रदेशमा दिनुपर्ने सबैखालका अधिकार दिन संघीय सरकारले अंकुश लगाएको उनले बताए । ‘एकल अधिकार दिनसमेत संघीय सरकार विभिन्न अंकुश लगाएर बसेको छ,’ उनले भने,‘ अधिकार दिनु हुँदैन भन्ने मनसाय देखिन्छ।’

मुख्यमन्त्रीको भेला समेत गर्न रोक लागाएर प्रदेशमाथि अन्याय गरिरहेको उनले बताए । केन्द्रिकृत मानसिकताका कारण प्रदेश सरकारप्रति प्रहार भइरहेको उनको भनाई छ ।

संविधान र कानुनले दिएका वित्तीय बाडफाँड जस्तो विषयमा समेत विभिन्न अड्चन झिकेर रोक्ने काम भएको र श्रोत नदिन संघीय सरकार लागेको उनको गुनासो छ ।

‘संघले हामीलाई खटाई खटाई खान दिएजस्तो गर्छ,’ उनले भने,‘यो तोडेर अगाडि नबढेसम्म प्रदेशका कानुन कार्यान्वयन गर्न र प्रदेशलाई समृद्ध बनाउन सकिदैन ।’
प्रदेशकाकानुनहरु जनतामाझ नपुगेको गुनासोलाई सम्बोधन गर्ने उनले बताए ।

प्रकाशित मिति: आइतबार, १६ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.