बस्ती पस्यो केसलीया, सिंघिया र बास्ता खोला, एक हजार बढी परिवार प्रभावित

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । निरन्तरको वर्षासँगै सिंघिया र केसलीया खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाको बाढी बस्तीमा पस्दा एक हजार भन्दाबढी परिवार प्रभावित भएका छन् । केसलीया खोलामा आएको बाढी बस्तीमा पस्दा, बखरी दरैयालगायत पश्चिमि क्षेत्रका बस्ती डुबानमा परेका छन् ।

बास्ता खोलाको बाढी विराटनगर महानगरपालिका– ६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए ।

वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका बस्ती डुबानमा परेका छन् । सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर– ८ सुकुम्बासी टोलका १० परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय जनप्रतिनिधि र प्रहरीले सुरक्षित स्थानमा सारेका छन् । पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय बन्द भएका छन् ।

विराटनगर महानगरका प्रवक्ता तथा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रभावितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको न्यौपानेले दिए । विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, १२ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.