विराटनगर विमानस्थल : फाइल फाेटा विराटनगर । विराटनगर विमानस्थलको उडान अवतरण रोकिएको छ । बास्ता खोलाको बाढी विमानस्थलको पार्किङ क्षेत्रमा पसेपछि उडान अवतरण रोकिएको हो ।
विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्कीङमा खोलाबाट ओभर फ्लो भएर आएको बाढी पसेको थियो । अहिले पानी सुक्नेक्रममा छ ।
विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार पानी सुक्नेक्रममा रहेकाले अब विमानस्थल खुल्ने बताए । ‘बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास हुँदैछ, अब उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ,’ उनले भने,‘ पानी रोकियो भने विमानस्थल खुल्छ ।’ उनका अनुसार बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिममा कारण उडान रोकिएको थियो । पानी घट्नेक्रममा रहेकाले अब खुल्ने बताए ।
२०७८ साल कात्तिकमा केसलीया खोलाको बाढी बास्ता खोला हुँदै विराटगर विमानस्थल भित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)