बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलकाे उडान अवतरण राेकियाे

Satya Sanchar सत्य सञ्चार
विराटनगर विमानस्थल : फाइल फाेटा

विराटनगर । विराटनगर विमानस्थलको उडान अवतरण रोकिएको छ । बास्ता खोलाको बाढी विमानस्थलको पार्किङ क्षेत्रमा पसेपछि उडान अवतरण रोकिएको हो ।

विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्कीङमा खोलाबाट ओभर फ्लो भएर आएको बाढी पसेको थियो । अहिले पानी सुक्नेक्रममा छ ।

विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार पानी सुक्नेक्रममा रहेकाले अब विमानस्थल खुल्ने बताए । ‘बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास हुँदैछ, अब उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ,’ उनले भने,‘ पानी रोकियो भने विमानस्थल खुल्छ ।’ उनका अनुसार बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिममा कारण उडान रोकिएको थियो । पानी घट्नेक्रममा रहेकाले अब खुल्ने बताए ।

२०७८ साल कात्तिकमा केसलीया खोलाको बाढी बास्ता खोला हुँदै विराटगर विमानस्थल भित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो ।

प्रकाशित मिति: बुधबार, १२ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.