विराटनगरको नीति: विद्यालयमा एक दिन बुक फ्री, ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिकाले वडाहरुलाई दुई करोड भन्दा माथिका योजना छनोट गरी बजेट विनियोजन गरेको छ । महानगरपालिकाले जनसंख्या र क्षेत्रफलका आधारमा वडालाई न्यूनतम दुई करोडदेखि अधिकत २ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो । १९ वटा वडा रहेको महानगरका वडाले पठाएको योजनाका आधारमा आर्थिक वर्ष २०८१–८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको बजेट ल्याएको हो ।

नयाँ कार्यक्रम समावेश नगरिएको बजेटमा महानगरपालिकाले ७५ वर्षीय ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर निशुल्क स्वास्थ्य परीक्षण सेवा दिने नीति लिएको छ । यसअघि ८० वर्षका ज्येष्ठ नागरिकलाई मात्रै घरदैलोमा स्वास्थ्य जाँच गरिरहेको थियो । महानगरपालिकाले मोतियाविन्दुमुक्त महानगर बनाउने अभियान पनि सञ्चालन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि हरेक शुक्रबार पुस्तकरहित दिनको रुपमा मनाउन ‘खेल्दै सिक्दै कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले हरेक शुक्रबार बु फ्री डे बनाउने घोषणा गरेको थियो । विराटनगरले पनि सोही नियम लागु गर्ने भएको हो ।

शैक्षिक विकास तर्फ महानगरपालिकाले ‘प्रदेश राजधानी साझा सहर, गुणस्तरीय शिक्षाको हव विराटनगर’ अभियान सुरु गरेको छ । यसका लागि भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने महानगरले जनाएको छ ।
महानगरपालिकाले ‘स्कुल भित्र सबै नानी, धारो खोल्दा शुद्ध पानी’ को नारासहित सामुदायीक विद्यालयहरुमा फिल्टर प्लान्टसहित शुद्ध पिउने पानीको व्यवस्थापन गर्ने नीति लिएको छ ।

विराटनगरले ‘मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रम अन्तरगत महानगर बहुप्राविधिक शिक्षालयमा २५ जना लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा पिप्लोमा तहको प्राविधिक धार पढाउने भएको छ । उपमेयर किशोरी आत्मरक्षा कार्यक्रमलाई सञ्चालन गर्ने नीति लिएको महानगरले विद्यालयलाई खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा विकास गर्ने नीति बनाएको छ ।

विराटनगर महानगरपालिकाले वडा नम्बर ४,५,६, ११,१२ र १३ नम्बर वडामा पर्ने सुनसरी मोरङ सिचाई आयोजनाको नहरको पश्चिम पट्टीको बाटोलाई वकिङ स्ट्रीट रुपमा विकास गर्ने घोषणा गरेको छ । विराटनगरको दक्षिणी वडाहरुमा वर्षाको पानी निकासका लागि आइसिपी रोड हुँदै रेल्वे ट्याकबाट सिंघियाखोलासम्मको डिपिआर बनाउने भएको छ ।

विराट दरबार क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने महानगरको नीति छ । बजेटमा नगरबस सञ्चालन, स्मार्ट सिटी निर्माण, अन्तरराष्ट्र्रीय स्तरको रंगशाला निर्माण र फोहोरमैला व्यवस्थापनको काम अघि बढाउने छ । विराटनगरको क्षेत्रगत गुरुयोजना बनाई प्रोजेक्ट बनाउने महानगरको योजना छ ।
सडकमा ट्राफिक लाइट जडान गर्ने, प्रादेशिक बसपार्क, रिङरोड निर्माण, बाइपास सडक निर्माणका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने महानगरको नीति छ । सडक सुरक्षाका लागि महानगरले रिङरोड कोशी राजमार्ग र वाइपास सडक बाहेक अन्य सडकमा ठूला सवारी साधानबाट हुने ढुवानी रोक्ने बताएको छ भने भौतिक संरचनाको मर्मत सम्भारका लागि मोबाइल इन्फास्टक्चर एम्बुलेन्स सञ्चालन गर्ने नीति महानगरको छ ।

प्रकाशित मिति: सोमबार, १० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.