विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब १७ करोड भन्दा बढी बजेट खर्च गरेको छ । गत साउनयता जेठसम्म ११ महिनाको अवधिमा सरकारले चालू र पूँजीगत तर्फ २० अर्ब १७ करोड ९ लाख रुपैयाँ खर्च गरेको हो ।
सरकारले चालु तर्फ ६ अर्ब ८७ करोड ३७ लाख र पूँजीगत तर्फ १० अर्ब ६ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ । स्थानीय तह अनुदान तर्फ ३ अर्ब २२ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा गरेको खर्च गत आर्थिक वर्षको भन्दा कम हो । गत आर्थिक वर्षको ११ महिनामा प्रदेश सरकारले २२ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ खर्च गरेको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा सरकारले सबैभन्दा बढी जेठ महिनामा ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । सबै भन्दा कम १ करोड ८७ लाख रुपैयाँ खर्च गरेको थियो । जेठमा सरकारले गरेको खर्च ११ महिनामा गरेको खर्चको २१ प्रतिशत हो ।
११ महिनामा सरकारले राजस्व र अनुदानबापत २५ अर्ब ४८ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो वार्षिक आम्दानीको ७८ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षमा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखेको थियो । तर आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा ३ अर्ब ४० करोड १९ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
जेठ महिनासम्म राजस्व बाडफाड र आन्तरिक आम्दानी गरी प्रदेशको संचित कोशमा १२ अर्ब १६ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । बैशाखमा ७ करोड ५५ लाख संघीय सशर्त अनुदान थपिएपछि प्रदेशको बजेट ३६ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कायम भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)