सात प्रदेश सरकारलाई निजी क्षेत्रले भन्याे : दोहोरो कर हटाउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दाेहाेराे कर हटाउन माग गरेकाे छ । मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्याेग वाणिज्य संघ काेशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेकाे हाे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नु पर्ने बताए । संविधानको धारा २३६ ले एक प्रदेशबाट अर्कोमा हुने वस्तु तथा सेवाको ओसारपसारमा अवरोध वा शुल्क लगाउन निषेध गरे पनि ढुंगा, गिट्टी, बालुवा र कबाडीलगायत बस्तुमा दोहोरो कर तिर्नु पर्ने अवस्था रहेकाे उनले बताए । उनले एक तहमा तिरिएको शुल्कको रसिद सबै प्रदेशमा मान्य हुने व्यवस्था गर्न माग गरे ।

राउतले संघीयताको सफल कार्यान्वयनका लागि सातै प्रदेशले साझा आर्थिक नीति बनाउनुपर्ने पनि बताए । कच्चा पदार्थ निर्यात गर्ने र प्रशोधित वस्तु महँगोमा आयात गर्ने परम्परागत शैली त्यागेर स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ र प्याकेजिङमा जोड दिने नीति सात प्रदेशले बनाउनु पर्ने बताए । ‘कृषि, पर्यटन र उद्योगको प्रचुर सम्भावना हुँदाहुँदै पनि नीतिगत जटिलताका कारण निजी क्षेत्रले अपेक्षित नतिजा निकाल्न सकेको छैन,’ उनले भने ।

उनले भौगोलिक विशेषताका आधारमा मधेशलाई कृषि, बागमतीलाई प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई धार्मिक पर्यटन, कर्णाली र सुदूरपश्चिमलाई जडीबुटी र प्राकृतिक स्रोतमा आधारित विकास गर्न माग गरे । प्रदेशहरूबीच पर्यटन सर्किट र संयुक्त पर्यटन प्याकेज निर्माण गरेर पर्यटकको बसाइ लम्ब्याउन सकिने उनले बताए ।

प्रकाशित मिति: बुधबार, २८ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.