काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रहरी निरीक्षकको दीक्षान्त समारोहमा सहभागी भएका छन् । साेमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा सहभागी भएका हुन् । समाराेहमा उनले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो सर्तका रूपमा लिनुपर्ने बताएका छन् ।
उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन पनि दिए । पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उनको भनाइ थियो ।
जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेशागत सफलताका लागि महत्त्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताए ।
नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)