विराटनगर । घरमा आरन राखेर बन्दुक बनाउने एक जना पक्राउ परेका छन् । मोरङको लेटाङ नगरपालिका–७, वारङ्गी कोलाघारबाट स्थानीय ४५ वर्षीय पूर्णलावती लिम्बुलाई उनकै घरबाट पक्राउ गरेको हो ।
उनले घरमै भरुवा बन्दुक बनाउने आरन राखेका थिए । बन्दुक बनाएर उनले बिक्रीसमेत गर्ने गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बिहीबार बिहान लिम्बुको घरमा खानतलासी गर्दा उनको कोठामा भरुवा बन्दुक १ थान फेला परेको थियो ।
हतियार निर्माण गर्ने आरन भएको अर्को कोठाबाट दबासवाला बन्दुक १ थान र भरुवा बन्दुकमा प्रयोग हुने पार्टपुर्जा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
अवैध हातहतियार तथा निर्माण सामग्रीसहित पक्राउ परेका लिम्बुमाथ इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरिरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)