जीवन विकास सामुदायिक अस्पतालमा छुट्टै आँखा उपचार विभाग सञ्चालनमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनले अत्याधुनिक सुविधासहितको छुट्टै ‘आँखा विभाग’ सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा बढ्दो बिरामीको चाप र गुणस्तरीय नेत्र उपचारको आवश्यकतालाई मध्यनजर गर्दै विश्व दृष्टि दिवसको अवसर पारेर बिहीबारबाट नवनिर्मित भवन मार्फत सेवा सुरु गरिएको हो ।

आम नागरिकलाई सुलभदरमा  गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएकाे आँखा विभागको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले उद्घाटन गरे ।

१३ करोड रुपैयाँको लागतमा निर्मित अत्याधुनिक विभागबाट दक्ष चिकित्सकहरूको टोलीले सबै प्रकारका आँखासम्बन्धी रोगको विशेषज्ञ उपचार सेवा प्रवाह गर्नेछ । नयाँ भवनबाट आँखासम्बन्धी विभिन्न जटिल तथा सामान्य समस्याहरूको सम्पूर्ण परीक्षण र उपचार सुविधा एकै स्थानबाट उपलब्ध हुनेछ ।

अस्पतालका संयोजक तेजस्वी मण्डलका अनुसार सबै प्रकारका उपचार सुलभ दरमा एकै स्थानमा उपलब्ध गराउने लक्ष्यसहित छुट्टै विभाग स्थापना गरिएकाे हाे । आँखाको उपचारका लागि आउने बिरामीहरूले अस्पतालका अन्य विभागका चिकित्सकसँग परामर्श गर्नु परे ओपीडी शुल्क नलाग्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, २२ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.