कांग्रेसमा दुई उपसभापति निर्विराेध, सभापतिमा तीन जना उम्मेदवार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दुई जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका हुन् ।

वरिष्ठ उपसभापति र महिला उपसभापति पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि शर्मा र भुसाल निर्विरोध भएका हुन् ।

१५औँ महाधिवेशनबाट कांग्रेसले पदाधिकारीको संख्या बढाएर २६ पुर्‍याएको छ । नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, पाँच उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ ।

सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरबीच प्रतिस्पर्धा हुने भएको छ । तीनै जनाले उम्मेदवारी दर्ता गरेका छन् । चार खुला उपसभापतिका लागि नौ जना र समावेशी उपसभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।

महामन्त्रीका तीन पदमा पनि प्रतिस्पर्धा हुने भएको छ । महिला महामन्त्रीका लागि डिला संग्रौला, रीता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’सहित विभिन्न उम्मेदवारले मनोनयन दर्ता गरेका छन् भने खुला महामन्त्रीमा पनि एकभन्दा बढी उम्मेदवार छन् ।

यसअघि पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति तथा प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री निर्वाचित भएका थिए । १५औँ महाधिवेशनले भने संशोधित विधानअनुसार नयाँ संरचनामा पदाधिकारी चयन गर्दैछ ।

प्रकाशित मिति: बुधबार, २१ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.