विराटनगर । विराटनगरमा ‘विराट ट्रेड फेयर’ आयोजना हुने भएको छ । दसैँ–तिहार नजिकिँदै गर्दा सीमावर्ती बजार जोगबनीतर्फ जाने नेपाली उपभोक्ताको घुइँचोलाई विराटनगरमै रोक्न असोज २२ देखि ३० गतेसम्म विराट व्यापार संघले विराटनगरकाे जैन भवनमा दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर’ आयोजना गर्ने भएको हो ।
चाडबाडको मौकामा सर्वसाधारणलाई सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ मेला आयोजना गरिएको संघले जनाएको छ ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले मेलाले स्थानीय बजारलाई चलायमान बनाउने बताए ।
मेलामा नेपालका साथै छिमेकी मुलुक भारत, बंगलादेशका १३० भन्दा बढी स्टलहरू रहनेछन् ।
मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, धातुका सामान, विद्युतीय उपकरण, गाडी, फर्निसिङ, गृह उपयोगी सामग्री, कृषि उत्पादन, सूचना प्रविधि र हस्तकलाका सामग्री बिक्रीमा राखिनेछ ।
मेलाका संयोजक श्यामलाल पौडेलका अनुसार आठ दिनसम्म चल्ने ट्रेड फेयरलाई करिब १ लाख दर्शकले अवलोकन गर्ने र १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)