मोरङ र उदयपुरमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाकाे मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

सोमबार मोरङको धनपालथान गाउँपालिका–६ रङ्गकालीस्थित हुलाकी सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । रंगेलीबाट विराटनगरतर्फ जाँदै गरेको को १९ प ७७४७ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको को १९ प २ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा को १९ प ७७४७ नम्बरको मोटरसाइकल चालक विराटनगर महानगरपालिका–७ मिलन चोक बस्ने २२ वर्षीय दिलिप विकको मृत्यु भएको हो । को १९ प २ नम्बरको मोटरसाइकल चालक धनपालथान गाउँपालिका–५ बस्ने २५ वर्षीय रुपेश सरदारको उपचार भइरहेको छ ।

दुवै मोटरसाइकल प्रहरी चौकी कर्सियाको नियन्त्रणमा राखिएको छ। तीव्र गतिको कारण यो दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । त्यस्तै बुढीगंगा गाउँपालिका–२ स्थित नेपाल फ्युल सेन्टर अगाडि कोशी लोकमार्गमा दुर्घटना हुँदा सिरहाको लहान नगरपालिका–३ बस्ने १८ वर्षीय डाइमन कुमार कुश्वाहाको मृत्यु भएको हो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्र.०२–०६१ प ७८५२ नम्बरको मोटरसाइकलले विपरीत दिशा तर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सिरहाको लहान नगरपालिका–३ बस्ने १८ वर्षीय डाइमनकुमार कुश्वाहा गम्भीर घाइते भएका थिए । उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा चालक सिरहा लहान नपा–२ बस्ने १७ वर्षीय राहुल कुश्वाहा र साइकल यात्री सुनसरीको दुहबी नगरपालिका–१ बस्ने २२ वर्षीय साहजित मियाँ घाइते भएका छन् ।

त्यस्तै मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–६ किराँत चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार इटहरीबाट गाईघाटतिर जाँदै गरेको को १ क ३४१८ नम्बरको ट्रकको अगाडिको टायर पन्चर हुँदा सोमबार दिउँसो ३ः३० बजेतिर दुर्घटना भएको थियो ।

विपरीत दिशाबाट आउँदै गरेको लु प्र–०२–००२ प २८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रोल्पा घर भएका अन्दाजी ५६ वर्षीय दले पुन मगरको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: मङ्गलबार, २० असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.