सुनसरीमा २ हजार ५६६ किलाे गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको इनरुवामा काउली (बन्दाकोपी) बोकेको ट्रकबाट २५ सय ६६ किलो गाँजा बरामद भएकाे छ । सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीका अनुसार २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजा बरामद भएकाे हाे ।

ट्रकमा लोड गरिएको बन्दाकोपीको बीचमा लुकाएर लैजाँदै गरिएको गाँजा बरामद गरेर ट्रक चालक र सहचालकलाई पक्राउ गरिएको जानकारी उनले दिए ।

इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा चेकजाँच गर्ने क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट आइतबार राति ११ः५० बजेतिर ८३ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको इन्स्पेक्टर ओलीले बताए । चालक धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सहचालक सहिदभूमि गाउँपालिका–२ का १८ वर्षीय सदीप राईलाई पक्राउ परेका छन् ।

प्रकाशित मिति: सोमबार, १९ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.