विराटनगर। विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ ।कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते सम्मेलन तय भएको हो ।
सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन् । कोशी प्रदेश सरकारले सम्मेलनको आवश्यक तयारी सुरु गरेको जानकारी दिएको छ। प्रदेशमा देखिएका समस्या र संघीयतालाई बलियो बनाउने एजेण्डा तय गरिएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघियतामा देखिएका चुनौती र असल अभ्यासहरूका बारेमा छलफल हुने बताए । प्रदेशहरुको आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्नका लागि मुख्यमन्त्री सम्मेलन आयोजना गरिन लागिएको उनले जानकारी दिए ।
सरकारले कोशी प्रदेश योजना आयोगलाई मुख्यमन्त्री सम्मेलनको आवश्यक तयारी र समन्वय गर्ने जिम्मेवारी दिएको छ ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय भइसकेको जानकारी दिँदै सम्मेलनमा योजना आयोगका उपाध्यक्षहरू, मुख्य न्यायाधिवक्ता र सरकारी अधिकारीहरू सहभागी रहने जानकारी दिए । असोज २२ गते उद्घाटनपछि असल अभ्यासहरूको बारेमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेशले भोग्नु परेका समस्या, स्थानीय तह संघीय सरकारसँग गर्नुपर्ने समन्वय र कानुनी पाटाका बारेमा छलफल हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)