काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं आउजाउ गर्ने मुख्य सडक अवरुद्ध भएका छन् । काठमाडौं आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ अवरुद्ध भएका हुन् । यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू गुड्न सकेका छैनन् ।
काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ (हेटौँडा–नौबिसे–काठमाडौं) सडक एकतर्फी मात्रै सञ्चालनमा छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीले अत्यावश्यक सामग्री काठमाडौं ल्याउनका लागि त्रिभुवन राजपथ एकतर्फी खुला राखिएको बताए । ‘काठमाडौं हुँदै जाने गाडीहरुलाई त्रिभुवन राजपथ प्रयोग गर्न दिइएको छैन, मकवानपुरतिरबाट आउनमात्र दिइएको छ,’ उनले भने, ‘काठमाडौंमा अत्यावश्यक सामग्रीहरु ल्याउन सहज होस् भनेर त्रिभुवन राजपथ एकतर्फी गरिएको हो ।’
साना गाडीहरुले भने काठमाडौं आउजाउ गर्न हेटौंडा–भिमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–फर्पिङको बाटो मात्र प्रयोग गर्न सक्छन् । प्रहरीका अनुसार यी सडकमा ठूला मालवाहक गाडी गुड्न सक्दैनन् । यो सडकमा पनि प्रशासनले रातिको समयमा सवारी चलाउन रोक लगाउने गरेको छ । काठमाडौंका लागि अत्यावश्यक खाद्यान्न र इन्धन ढुवानीका लागि त्रिभुवन राजपथ मात्र एकतर्फी खुला राखिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)