विराटनगर । २०७९ सालको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर हुँदै राष्ट्रिय राजनीतिमा उदाएका हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनकाे तयारीमा जुटेकाे छ । झापाको केचनकवलदेखि सगरमाथासम्मको लामो राजनीतिक यात्रासहित आगामी निर्वाचनको तयारीमा जुटेकाे हाे ।
स्थानीय तहकाे निर्वाचित पदाधिकारीकाे समयअवधि २०८४ वैशाख र प्रदेशसभाकाे समयावअधि २०८४ मंसिरमा सकिदैछ ।
श्रम संस्कृतिले पार्टी सुदृढीकरणका लागि केचनकवलदेखि सगरमाथासम्मकाे हातेमालाे अभियान बैशाख ४ उद्घाटन गरेकाे थियाे । दुई महिनासम्म चल्ने अभियानकाे उद्घाटन पार्टी अध्यक्ष हर्क साम्पाङले झापाको केचनकवल गाउँपालिकाको केचनाबाट गरे । त्यसपछि पार्टीका दुई टाेली पहाडी र हिमाली जिल्ला तर्फ लागेका छन् ।
अध्यक्ष साम्पाङ एउटा टाेलीकाे नेतृत्व गर्दै धनकुटा हुँदै पहाडी जिल्ला तर्फ लागेका छन् । वरिष्ठ नेता सुदन किराती नेतृत्वकाे टाेलीले इलाम हुँदै पहाडी जिल्ला तर्फ निस्किएकाे छ । याे अभियानकाे समापन सोलुखुम्बुको जिल्लामा गर्ने योजना रहेकाे श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्ष प्रताप राईले बताए ।
‘अभियान अन्तरगत हामी प्रदेशका सबै जिल्लामा पुग्छौं, पार्टी संगठन विस्तार र अन्तरक्रिया कार्यक्रम गर्छाै,’ प्रदेश अध्यक्ष राईले भने,‘ अभियानमै अन्य पार्टीका इमान्दार कार्यकर्तालाई पार्टीमा स्वागत गर्दैछाै ।’
आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीका लागि अभियान सञ्चालन गरेको उनले बताए ।
श्रम संसकृति पार्टीले कोशी प्रदेश समितिले २०८७ सालको प्रतिनिधिसभा निर्वाचनबाट पार्टी अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको थियाे । त्यसअघि कोशी प्रदेशको नेतृत्व गर्ने प्रदेश समितिकाे याेजना छ । श्रम संस्कृतिले कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा सुदन किरातीलाई अघि सारेको छ । पूर्वमन्त्रीसमेत रहेका किराती नेकपा छाडेर श्रम संस्कृतिमा प्रवेश गरेका थिए ।
‘पहिला प्रदेशको नेतृत्व गर्ने त्यसपछि केन्द्रीय सरकारको नेतृत्व गर्ने कार्ययोजनासहित काम गरिरहेका छौं,’ प्रदेश अध्यक्ष राई भन्छन्,‘ त्यसकैको तयारीका लागि हो केचनकवलदेखि सगरमाथासम्मको यात्रा ।’
श्रम संस्कृति पार्टीले कोशी प्रदेशका सबै पालिकामा संगठन विस्तार गरिसकेको छ । दुई महिनासम्म चल्ने अभियान मार्फत संगठनलाई तल्लाे तहसम्म पुर्याउने याेजना छ । प्रदेश अध्यक्ष राई स्थानीय तहको निर्वाचन र प्रदेशसभााे निर्वाचनमा कोशी प्रदेशमा पार्टीलाई पहिलो बनाउने लक्ष्यसहित काम गरिरहेको बताउँछन् ।
२०८२ सालको निर्वाचनमा कोशी प्रदेशमा नेपाली कांग्रेस,नेकपा एमाले र नेकपाको प्रभाव क्षेत्रमा श्रम संस्कृति पार्टीले आफ्नो प्रभाव जमाएको छ । प्रदेशका तराईका जिल्लामा रास्वपाले एकछत्र प्रभावलाई सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति अध्यक्ष हर्क साम्पाङले रोकेका थिए । झापा र मोरङ रास्वपाले क्लिनस्वीप गर्दा सुनसरीमा भने श्रम संस्कृति पार्टीले राेकेकाे थियाे ।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले काेशी प्रदेशमा समानुपातिक तर्फ २,९२,०४९ मत प्राप्त गरेको थियो । समानुपातिक मतमा पहिलो भएको राष्ट्रिय स्वतन्त्र पार्टी ८,५३,१८३ मत प्राप्त गर्दा तेस्रो भएको नेपाली कांग्रेसले २,९०,५६२ र नेकपा एमालेले २,८८,१८६ मत प्राप्त गरेको थियो । श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ देशभर ३,८५,९०२ मत प्राप्त गरेको थियो । श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ ३ क्षेत्रमा विजयी हुँदा समानुपातिक तर्फ ४ सिट जितेकाे थियाे ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)