काठमाडौं । भारी वर्षाको चेतावनीपछि सरकार आवश्यक पूर्वतयारीमा जुटेकाे गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन् । शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाकाे सम्भावना छ ।
‘नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौं,’ उनले भने, ‘अवस्था के छ र के तयारी गर्नुपर्छ भन्ने सिलसिलामा हामीले ब्रिफिङ लिएका छौं ।’
तयारीका लागि दुई दिन बाँकी रहेको र सबै अलर्ट हुनुपर्ने उनको भनाइ थियो । मन्त्री गुरुङले सुरक्षा निकायलाई अलर्ट गरिएको, उद्धार सामग्री तयारी अवस्थामा राखिएको, स्थानीय सरकारमार्फत पूर्वसूचना प्रणालीलाई प्रवाह गरिएको बताए।
उनले अब ट्रेकिङमा नजान र गएकाहरुलाई सुरक्षित ठाउँमा जान अनुरोध पनि गरे । मन्त्री गुरुङले विपद् कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेको भन्दै त्यहीबाट समन्वय गर्न निर्देशन दिए ।
विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतले मन्त्रीद्वय श्रेष्ठ र गुरुङलाई सम्भावित विपद्को जोखिमबारे ब्रिफिङ गरेका थिए । पश्चिमी न्यून चापीय प्रणालीले पश्चिमी नेपालको गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिमको तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण उनीहरुले सुनाएका थिए । जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनीहरुले उल्लेख गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)