जीवन विकास स्वयंसेवक दिवस : १६० स्थानमा सामाजिक काम

Satya Sanchar सत्य सञ्चार
विपन्न परिवारकाे पहिलाे घर र पुन:निर्माणपछिकाे घर ।

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा सामाजिक कार्य गरी स्वयंसेवक दिवस मनाएको छ । लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते साेमबार ‘जीवन विकासको आह्वान देश विकासमा श्रमदान भन्ने मूल नाराका साथ ‘जीवन विकास स्वयंसेवक दिवस’मनाएको हो ।

कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्रमा विभिन्न कार्यक्रम आयाेजना गरेकाे लघुवित्तका प्रवक्ता सुदीपकुमार मण्डलले जानकारी दिए ।

स्वयंसेवक दिवसमा लघुवित्तले श्रमदान मार्फत १६ अतिविपन्न परिवारको घर पुन:निर्माण गरेकाे छ । शाखा कार्यालयहरुकाे अग्रसरतामा घर बनाउन नसक्ने अवस्थाका अतिविपन्न नागरिककाे घर पुन:निर्माण गरिदिएकाे हाे ।

जीवन विकासका ३६ वटा शाखाले विद्यालय सरसफाइ र खेलकुद कार्यक्रम गरेका छन् । २६ वटा शाखाले मन्दिर सरसफाइ, डस्टबिन वितरण तथा वृक्षारोपण गरेका छन् । २३ वटा शाखाले विद्यालय सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् । १२ वटा शाखा कार्यालयले वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् । १९ स्थानमा मन्दिर सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेकाे छ । ५ वटा शाखाले बजार सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेका छन् । चार वटा शाखाले शाखाको कार्यक्षेत्र भित्र रहेका ४ वटा अति विपन्न परिवारलाई सहयोग गरेका छन् । २ स्थानमा चौतारी निर्माण गरेकाे छ । ५ वटा शाखाले बजार सरसफाइ तथा वृक्षारोपण गरेका छन् । शाखा कार्यालयहरुले सार्वजनिक भवन सरसफाइ तथा वृक्षारोपण, खेलमैदान सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, वृद्धाश्रमलाई खाद्यान्य सहयोग, इको भिलेजमा वृक्षारोपण, एक स्थानमा प्रहरी कार्यालय सरसफाइ गरेका छन् ।

जीवन विकासले आयोजना गरेको सामाजिक कार्यक्रमहरुमा जनप्रतिनिधि, थ्री जिरो क्लब, नवविहानी समूह, लघुवित्तका कर्मचारी, स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरु सहभागी थिए ।

२०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि समुदायमा श्रमदानको भावना विकास गर्नका लागि निरन्तर रुपमा स्वयंसेवक दिवस मनाउँदै आएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

 

 

प्रकाशित मिति: सोमबार, ०५ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.