नेपाल प्रहरीले माग्याे ३३४ नयाँ कर्मचारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदका लागि ३३४ जना जनशक्ति माग गरेको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीमा पदमा विज्ञापन खुलाएकाे हाे ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ ।

जनपदतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदमा २११ जना माग गरिएको छ । प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना गरी १२३ पदमा आवेदन माग गरिएको छ ।

इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । भर्तीसम्बन्धी आवश्यक योग्यता, परीक्षा प्रक्रिया तथा अन्य विवरणसमेत सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, ०२ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.