काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री बालेन शाहसमक्ष उनले राजीनामा बुझाएका हुन् ।
मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।
बुधबार बिहान उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’
पछिल्लाे समय काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार छ । उपभोक्ता एउटा सिलिन्डर ग्यास पाउन दिनरात लाइनमा बस्न बाध्य छन्, ग्यासकाे कालाेबजारी पनि भइरहेकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,466)
जीवन विकासले बोलायो साधारणसभा (2,430)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,391)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,379)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,247)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,181)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,563)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,136)