राजविराजमा फुटपाथमै सुत्केरी : अस्पतालले भर्ना लिन अस्वीकार गरेको आरोप

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय बबिता पासवानले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ । अस्पतालले भर्ना गर्न नमानेपछि उनले फुटपाथमै बच्चा जन्माएकी हुन् ।

बुधबार बिहानकाे राति सुत्केरी व्यथा लागेपछि बबिता श्रीमान् हरेराम पासवान र दुई महिलासहित अस्पताल पुगेकी थिइन् । तर अल्ट्रासाउन्ड र रगत–पिसाब परीक्षणका लागि लाग्ने २५०० रुपैयाँ तिर्न नसक्ने भएपछि अस्पतालले भर्ना लिन इन्कार गरेको पीडित पक्षको दाबी छ ।

त्यसपछि बाध्य भएर उनी अस्पताल बाहिर रहेकाे औषधि पसल अगाडि पुगिन्, जहाँ केहीबेरमै प्रसव वेदना बढ्यो र त्यहीं फुटपाथमै छोरा जन्माइन् । सालनालसहित शिशु बोकेर अस्पताल पुग्दा पनि भर्ना नलिएको र धम्क्याएर निकालिएको बबिताको गुनासाे छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले घटनाबारे छानबिन समिति गठन गर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, २५ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.