विराटनगर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय बबिता पासवानले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ । अस्पतालले भर्ना गर्न नमानेपछि उनले फुटपाथमै बच्चा जन्माएकी हुन् ।
बुधबार बिहानकाे राति सुत्केरी व्यथा लागेपछि बबिता श्रीमान् हरेराम पासवान र दुई महिलासहित अस्पताल पुगेकी थिइन् । तर अल्ट्रासाउन्ड र रगत–पिसाब परीक्षणका लागि लाग्ने २५०० रुपैयाँ तिर्न नसक्ने भएपछि अस्पतालले भर्ना लिन इन्कार गरेको पीडित पक्षको दाबी छ ।
त्यसपछि बाध्य भएर उनी अस्पताल बाहिर रहेकाे औषधि पसल अगाडि पुगिन्, जहाँ केहीबेरमै प्रसव वेदना बढ्यो र त्यहीं फुटपाथमै छोरा जन्माइन् । सालनालसहित शिशु बोकेर अस्पताल पुग्दा पनि भर्ना नलिएको र धम्क्याएर निकालिएको बबिताको गुनासाे छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले घटनाबारे छानबिन समिति गठन गर्ने बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,466)
जीवन विकासले बोलायो साधारणसभा (2,432)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,393)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,379)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,247)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,181)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,563)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,136)