जेनजी आन्दोलनका क्रममा भएका घटनाकाे छानविन गर्न प्रचण्डकाे माग

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंशबारे छानबिन गर्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले माग गरेका छन्।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो माग गरेका हुन् ।

संयोजक प्रचण्डले आन्दोलनको मूल भावना र त्यसपछि भएको हिंसात्मक घटनालाई एउटै दृष्टिले हेर्न नहुने बताएका छन् । युवाको जायज असन्तुष्टिलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य भएको उनको दाबी छ।

उनले २४ भदौमा सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय तथा सरकारी, प्रहरी, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रित गरेका छन् ।

प्रकाशित मिति: बुधबार, २४ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.