सुनसरीमा दुर्घटना : दुई जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीका दुई ठाउँमा  भएकाे सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलमा मोटरसाइकल दुर्घटनामा परी रेडियो नेपालका प्राविधिक अधिकृत तथा गढी गाउँपालिका निवासी ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको छ । उनी मोटरसाइकलसहित पुलबाट करिब १५ मिटर तल खसेका थिए र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धरान उपमहानगरपालिका–८ गुराँस चोकमा मोटरसाइकलले उभिरहेको सिटी सफारीलाई ठक्कर दिँदा इटहरी निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको थियो । सफारी चालकलाई नियन्त्रणमा लिई प्रहरीले दुवै घटनाको अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: बुधबार, २४ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.