काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि नेपालबाट बंगलादेश विद्युत निर्यात रोकिएको छ । भारततर्फ निर्यात हुँदै आएको विद्युत् पनि कटौती भएको छ ।
बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा भोटेकोशी बाढीले क्षति पुर्याएपछि ती आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश पठाउन नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपालले यी दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो । बाढीले प्रसारण तथा उत्पादन संरचनामा क्षति पुर्याएपछि अहिले उक्त विद्युत् निर्यात रोकिएको हो ।
नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यात अनुमति पाएको थियो । तर, भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि निर्यातयोग्य विद्युत् उपलब्धता घटेको छ ।
बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ ।
क्षतिको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेपछि भारततर्फ पठाउँदै आएको विद्युत् समेत कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,109)