भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि नेपालबाट बंगलादेश विद्युत निर्यात रोकिएको छ । भारततर्फ निर्यात हुँदै आएको विद्युत् पनि कटौती भएको छ ।

बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा भोटेकोशी बाढीले क्षति पुर्‍याएपछि ती आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश पठाउन नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपालले यी दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो । बाढीले प्रसारण तथा उत्पादन संरचनामा क्षति पुर्‍याएपछि अहिले उक्त विद्युत् निर्यात रोकिएको हो ।

नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यात अनुमति पाएको थियो । तर, भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि निर्यातयोग्य विद्युत् उपलब्धता घटेको छ ।

बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढीले क्षति पुर्‍याएको छ ।

क्षतिको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेपछि भारततर्फ पठाउँदै आएको विद्युत् समेत कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, १८ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.