बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भाेटेकाेशी बाढीपछी खोजीका क्रममा नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २४ वटा शव फेला परेका छन् ।

विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा सोमबार खोजी गर्ने क्रममा एउटा घरभित्र ठूलो संख्यामा शव भेटिएको नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

एकै घरमा यति ठूलो संख्यामा शव भेटिएपछि उक्त घरमा को–को थिए भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ । एसपी रेग्मीका अनुसार उक्त घरको वास्तविक पहिचान र त्यहाँ मानिसहरू कसरी जम्मा भएका थिए भन्ने बारेमा अहिले नै यकिन भइसकेको छैन । घर होटल वा गेस्ट हाउस हुन सक्ने देखिए पनि त्यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । भदौ १० गते आएको बाढीपछि विभिन्न प्रभावित जिल्लामा जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म ९ सय ८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल ३ हजार ९ सय १६ जनासँग सम्पर्क स्थापित हुन सकेको छैन ।

सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्थानीय बासिन्दा, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा विदेशी नागरिकसमेत छन् । नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना अझै सम्पर्कमा आएका छैनन् । त्यस्तै भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

जिल्लागत विवरणअनुसार नुवाकोटमा सबैभन्दा धेरै १ हजार ५ सय ५८ जना सम्पर्कविहीन छन्। रसुवामा करिब ८ सय ६५ जना सम्पर्कविहीन छन् । विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ६ सय ३९ जनाको समेत अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति: मङ्गलबार, १६ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.