बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भाेटेकाेशी बाढीपछी खोजीका क्रममा नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २४ वटा शव फेला परेका छन् ।

विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा सोमबार खोजी गर्ने क्रममा एउटा घरभित्र ठूलो संख्यामा शव भेटिएको नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

एकै घरमा यति ठूलो संख्यामा शव भेटिएपछि उक्त घरमा को–को थिए भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ । एसपी रेग्मीका अनुसार उक्त घरको वास्तविक पहिचान र त्यहाँ मानिसहरू कसरी जम्मा भएका थिए भन्ने बारेमा अहिले नै यकिन भइसकेको छैन । घर होटल वा गेस्ट हाउस हुन सक्ने देखिए पनि त्यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । भदौ १० गते आएको बाढीपछि विभिन्न प्रभावित जिल्लामा जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म ९ सय ८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल ३ हजार ९ सय १६ जनासँग सम्पर्क स्थापित हुन सकेको छैन ।

सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्थानीय बासिन्दा, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा विदेशी नागरिकसमेत छन् । नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना अझै सम्पर्कमा आएका छैनन् । त्यस्तै भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

जिल्लागत विवरणअनुसार नुवाकोटमा सबैभन्दा धेरै १ हजार ५ सय ५८ जना सम्पर्कविहीन छन्। रसुवामा करिब ८ सय ६५ जना सम्पर्कविहीन छन् । विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ६ सय ३९ जनाको समेत अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति: मङ्गलबार, १६ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.