विराटनगर । करिब दुई महिनादेखि अवरुद्ध अवरूद्ध मेची राजमार्गकाे इलाम माइखोला–राजदुवाली सडकखण्डमा सवारी चल्न थालेकाे छ । सोमबार बिहानबाट साना सवारी साधन चल्न थालेकाे हाे ।
लगातारको वर्षापछि असार २५ गते सडक भासिएपछि यातायात अवरुद्ध थियाे । ५१ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय इलामका अनुसार असार २९ गते सडक थप भासिएपछि मोटरसाइकल सहित सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको थियो ।
पहिलो चरणमा साना तथा हलुका सवारी साधन मात्र सञ्चालन गर्न दिइएको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ।
सडकमा नाली, टेवा पर्खाल र डिवाटरिङ वेल निर्माण लगायतका पुनर्स्थापना कार्य अझै जारी रहेकाले ठूला तथा मालबाहक सवारी साधन भने सञ्चालन गर्न दिइएको छैन ।
मुख्य राजमार्ग लामो समय ठप्प हुँदा इलाम सहित पाँचथर र ताप्लेजुङको झापासहित तराईका जिल्लासँगको सीधा यातायात सम्पर्क टुटेको थियो । साना गाडी चल्न थालेसँगै पूर्वी पहाडी जिल्लाका यात्रु र स्थानीयलाई राहत पुगेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,426)
जीवन विकासले बोलायो साधारणसभा (2,396)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,351)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,336)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,212)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,143)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,103)