माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । करिब दुई महिनादेखि अवरुद्ध अवरूद्ध मेची राजमार्गकाे इलाम माइखोला–राजदुवाली सडकखण्डमा सवारी चल्न थालेकाे छ । सोमबार बिहानबाट साना सवारी साधन चल्न थालेकाे हाे ।

लगातारको वर्षापछि असार २५  गते सडक भासिएपछि यातायात अवरुद्ध थियाे । ५१ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय इलामका अनुसार असार २९ गते सडक थप भासिएपछि मोटरसाइकल सहित सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको थियो ।

पहिलो चरणमा साना तथा हलुका सवारी साधन मात्र सञ्चालन गर्न दिइएको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ।

सडकमा नाली, टेवा पर्खाल र डिवाटरिङ वेल निर्माण लगायतका पुनर्स्थापना कार्य अझै जारी रहेकाले ठूला तथा मालबाहक सवारी साधन भने सञ्चालन गर्न दिइएको छैन ।

मुख्य राजमार्ग लामो समय ठप्प हुँदा इलाम सहित पाँचथर र ताप्लेजुङको झापासहित तराईका जिल्लासँगको सीधा यातायात सम्पर्क टुटेको थियो । साना गाडी चल्न थालेसँगै पूर्वी पहाडी जिल्लाका यात्रु र स्थानीयलाई राहत पुगेको छ ।

प्रकाशित मिति: सोमबार, १५ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.