काठमाडौं । भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेकाे संख्या नौ सय नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साेमबार बिहानस्म ९०३ जनाको शव फेला परिसकेको छ ।
शव भेटिने क्रम चलिरहेको छ । धेरै जना सम्पर्कविहीन रहेका कारण मृतकको संख्या बढ्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् ।
चितवनमा २७२ शव फेला परेका छन् । नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ ।
विपद्का घटनामा परेर ४ हजार २४७ जना सम्पर्कविहीन रहेका हुन् । सम्पर्कविहीन हुनेमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना छन् ।
नुवाकोटबाट १ हजार ५५८, रसुवाबाट ८६५ र मकवानपुरबाट ६५ जना सम्पर्कविहीन छन् ।
विभिन्न जलविद्युत् आयोजनाका ९३३, विदेशी नागरिक ५९२ र विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीनको सूचीमा छन् ।
बाढी तथा विपद्का घटनामा परी हालसम्म २६७ जना घाइते भएका छन् । तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा उपचारका लागि ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको छ ।
हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै विदेशी २५२ जना र नेपाली ३ हजार ३४४ जनाको उद्धार गरेको छ । आइतबार जलविद्युत् आयोजनाबाट १५ जना चिनियाँ र ७ जना भारतीय नागरिकको समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
हालसम्म उद्धार तथा राहतका लागि ४११ पटक हवाइ उडान गरिएको छ । सोमबार बिहान मात्रै १७ वटा उडान भएको विवरणमा उल्लेख छ ।
प्राधिकरणका अनुसार हालसम्म २० हजार ८१९ सुरक्षाकर्मी परिचालन भएका छन् । यसमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रहेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,426)
जीवन विकासले बोलायो साधारणसभा (2,396)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,351)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,336)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,212)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,143)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,103)