विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उद्यमशीलता विकास पुरस्कार प्राप्त गरेको छ । उद्यमशीलता विकासमा अग्रणी भूमिका खेल्दै आएको जीवन विकासलाई स्वावलम्बन विकास केन्द्रले २ लाख रुपैयाँ राशीको उद्यमशीलता विकास पुरस्कार प्रदान गरेको हो ।
स्वावलम्बन विकास केन्द्रले उद्यमशीलता विकासमा उत्कृष्ट कार्य गर्ने संस्थालाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । ३५ औं वार्षिक उत्सवको अवसरमा आर्थिक वर्ष २०८१–८२ को लागि जीवन विकासले यो पुरस्कार प्राप्त गरेको हो ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री र स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठसहितले यो पुरस्कार जीवन विकासका सञ्चालक समिति सदस्य श्यामचन्द्र खतिवडा र संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललाई हस्तान्तरण गरे ।
जीवन विकास लघुवित्तले करिब तीन दशकदेखि ग्रामीण क्षेत्रका विपन्न परिवारको घरदैलोमा पुगेर वित्तीय सेवा प्रदान गर्दै आएको छ । सदस्यहरूलाई लघुउद्यममा लाग्न प्रोत्साहित गर्ने, सीपमूलक तालिम दिने र उनीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणमा पनि सहजीकरण गर्दै आएको छ । महिला सदस्यलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै उनीहरूको सामाजिक र आर्थिक स्तर उकास्न संस्थाले गरेको योगदानलाई कदर गर्दै स्वावलम्बन विकास केन्द्रले पुरस्कार प्रदान गरेको हो । उद्यमशीलता बढाउँदै रोजगारीका अवसरहरू सिर्जना गर्न र गरिबी न्यूनीकरणमा जीवन विकासले निर्वाह गरेको भूमिकालाई मूल्यांकन समितिले उत्कृष्ट ठहर्याएको थियो ।
कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा सेवा प्रवाह गरिरहेको जीवन विकासले २० हजार भन्दा बढी महिला सदस्यलाई उद्यमी बनाएको छ ।
गरिबीरहित नेपाल निर्माणका लागि संस्थाले उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । पुरस्कार ग्रहणपछि समारोहलाई सम्बोधन गर्दै उनले उद्यमशीलता विकासका लागि छुट्टै विभाग नै खोलेर सहजीकरण गरिरहेकाे बताए ।
दिगो विकास र पर्यावरणको संरक्षणलाई सँगै अघि बढाउन संस्थाले इको भिलेज निर्माणलाई अभियानकै रुपमा अघि बढाएको उनले बताए । इको भिलेज सुरु भएका ग्रामीण बस्तीका परिवार उत्पादनमा जोडिएका छन् । उनका अनुसार बालबालिकालाई उद्यमशीलतासँग जोड्नका लागि जीवन विकासले इन्क्युबेसन सेन्टर सञ्चालन गरिरहेको छ । युवाहरुका लागि उद्यमशीलता विकासको तालिम पनि सञ्चालन गरिरहेको छ ।
सदस्यहरूको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा सीप विकास तालिम सञ्चालन गर्दै आएको संस्थाले उद्यमीको अनुभव साटासाट गर्न एवं नयाँ प्रविधि बुझ्न सदस्यहरूलाई अवलोकन भ्रमणमा लैजाने तथा उद्यमी सदस्य र सदस्यको श्रीमानश्रीमतीको निशुल्क दुर्घटना बीमा गरिरहेको जानकारी दिए ।
कार्यक्रममा स्वालम्बन विकास केन्द्रले तीन जना महिला सदस्यहरुलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार प्रदान गरेको छ ।
नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था नवलपरासीकी सदस्य मध्यविन्दु नगरपालिका– ५ की लिलाकुमारी थारु, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाकी सदस्य हल्दीबारी गाउँपालिका– २ झापाकी शर्मिला थेबे, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाकी सदस्य बारबर्दिया नगरपालिका– ६ बर्दियाकी सुनिता थारुलाई उत्कृष्ट लघुउद्यमी पुरस्कार प्रदान गरेको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)