रगत अभाव टार्न जीवन विकासको अग्रसरता, रक्तदानबाट ५४ पिन्ट संकलन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । रगतको अभावलाई मध्यनजर गर्दै जीवन विकास सामुदायिक अस्पतालले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ । शुक्रबार मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पताल परिसरमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको हाे ।

अस्पतालले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी, अस्पतालका स्वास्थ्यकर्मी,कर्मचारी, सेवाग्राहीलगायतले उत्साहजनक रूपमा रक्तदान गरेका थिए ।

पछिल्लो समय अस्पतालहरूमा रगतको माग बढेको तर आपूर्तिमा कमी देखिएकाले बिरामीहरूलाई सहज होस् भन्ने उद्देश्यले अस्पतालसँगकाे सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले बताए ।

‘अहिलेको समयमा रगतको अभावका कारण कतिपय बिरामीले समस्या भोग्नुपरिरहेको छ,’मण्डलले भने, ‘हाम्रा कर्मचारीहरूको यो सानो योगदानले कसैको ज्यान बचाउन मद्दत पुग्ने विश्वास लिएका छौँ ।’

रक्तदान कार्यक्रमका लागि अस्पतालमा रहेकाे ब्लड बैंकले प्राविधिक सहयोग गरेकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, १५ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.