रगत अभाव टार्न जीवन विकासको अग्रसरता, रक्तदानबाट ५४ पिन्ट संकलन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । रगतको अभावलाई मध्यनजर गर्दै जीवन विकास सामुदायिक अस्पतालले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ । शुक्रबार मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पताल परिसरमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको हाे ।

अस्पतालले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी, अस्पतालका स्वास्थ्यकर्मी,कर्मचारी, सेवाग्राहीलगायतले उत्साहजनक रूपमा रक्तदान गरेका थिए ।

पछिल्लो समय अस्पतालहरूमा रगतको माग बढेको तर आपूर्तिमा कमी देखिएकाले बिरामीहरूलाई सहज होस् भन्ने उद्देश्यले अस्पतालसँगकाे सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले बताए ।

‘अहिलेको समयमा रगतको अभावका कारण कतिपय बिरामीले समस्या भोग्नुपरिरहेको छ,’मण्डलले भने, ‘हाम्रा कर्मचारीहरूको यो सानो योगदानले कसैको ज्यान बचाउन मद्दत पुग्ने विश्वास लिएका छौँ ।’

रक्तदान कार्यक्रमका लागि अस्पतालमा रहेकाे ब्लड बैंकले प्राविधिक सहयोग गरेकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, १५ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.