विराटनगर । चोकमा राखिएको झण्डाको विषयलाई लिएर आइतबार रातिदेखि सुनसरीको देवानगञ्जमा सुरु भएको तनाव अहिले सुधारोन्मुख छ । बाक्लो सुरक्षाकर्मी परिचालन र जारी कर्फ्युका कारण बुधबारदेखि त्यहाँको अवस्था तुलनात्मक रूपमा शान्त बनेको हो ।
तनाव साम्य पार्न स्थानीय बासिन्दा र देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले गृहमन्त्री सुधन गुरुङ आफैं घटनास्थलमा आएर समस्या सम्बोधन गर्नुपर्ने माग गरेका छन् । घटनाको समयमा प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीय रुष्ट छन् ।
तर, गृहमन्त्रीले आफ्नो सट्टा प्रमुख स्वकीय सचिव (पीए) जेम्स कार्कीलाई देवानगञ्ज पठाएका छन् । बुधबार बसेको सर्वपक्षीय बैठकमा कार्कीले प्रधानमन्त्री र गृहमन्त्री घटनाप्रति गम्भीर रहेको भन्दै कानुनी प्रक्रियाअनुसार मागहरू पूरा गर्न सरकार तयार रहेको बताएका थिए ।
बैठकमा गाउँपालिका अध्यक्ष मेहताले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेको नि:शुल्क उपचार र दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए। यी माग गृहमन्त्रीले गाउँमै आएर सम्बोधन गर्नुपर्ने उनको अडान छ ।
शान्ति कायम गर्न ५ बुँदे सहमति
कप्तानगञ्जमा भएको झडप र त्यसपछिको अवस्थालाई सामान्य बनाउन सर्वपक्षीय बैठकले पाँचबुँदे निर्णय गरेको छ ।
राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवालाको सहभागितामा बसेको बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
बैठकले देवानगञ्ज घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव र हुलदंगाप्रति दु:ख व्यक्त गर्दै समाजमा अराजकता र अवाञ्छित गतिविधि फैलिन नदिन सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने निर्णय गरेको छ ।
सामाजिक सञ्जालमा भ्रामक वा उत्तेजक सामग्री पोस्ट वा शेयर नगर्न तथा आधिकारिक सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
त्यसैगरी, अभिभावकलाई आफ्ना छोराछोरीलाई घरबाहिर अनावश्यक रूपमा ननिस्कन, कुनै झडप वा भिडमा सहभागी नहुन र संयमता अपनाउन आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ ।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश कायम रहेकाले भेला, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको छ ।
जिल्लाको अवस्था सुधारोन्मुख रहे पनि पूर्ण रूपमा सामान्य भइनसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)