काठमाडौं पठाउने पार्सलमा १८ ग्राम ब्राउन सुगर, एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार
 विराटनगर । विराटनगर विमानस्थलबाट जुत्ताको सोलभित्र लुकाएर काठमाडौं पठाउन लागिएको १८.४८ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

बुधबार साँझ विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स सुजलाई एक्स–रे मेसिनमा जाँच गर्दा सोलभित्र लुकाइएको अवस्थामा लागुऔषध फेला परेको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनी  पार्सल पुर्याउन विमानस्थल पुगेका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार विराटनगरका राघव झाले उक्त पार्सल काठमाडौं पठाउन लगाएका थिए ।

झाको खोजी भइरहेको र पक्राउ परेका खड्कामाथि थप अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, १४ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.