कप्तानगन्ज घटनाकाे विराेधमा आज पनि प्रदर्शन, राजमार्ग अवरुद्ध

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा आइतबार दुई समूहबीचको झडपमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको घटनालाई लिएर आज (मंगलबार) पनि प्रदर्शन जारी छ ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गको सुनसरीकाे पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा टायर बालेर सडक अवरुद्ध गरेका छन्, जसका कारण यातायात सेवा ठप्प भएको छ ।

विराटनगरको बजार क्षेत्रमा पनि युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

स्थिति थप तनावपूर्ण हुन नदिन स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनलाई रोकेको छ ।

शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले सुनसरीका हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू क्षेत्रमा भेला, जुलुस र प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १२ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.