कप्तानगन्ज घटनाकाे छानबिन टाेलीले सुरु गर्याे काम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु भएको छ ।

सोमबार राति विराटनगर आएर टाेलीले काम सुरु गरेको हाे । टाेलीले विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको बयान लिएको छ । गोली लागेर घाइते भएकामध्ये विराटनगरको न्युरो अस्पतालमा चार, विराट नर्सिङ होममा चार र नोबेल शिक्षण अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

छानबिन समितिले सबै अस्पतालमा पुगेर घाइतेहरुको बयान लिएको हाे । घाइतेका आफन्तसँग पनि साेधपुछ गरेको छ ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, १२ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.