कप्तानगन्ज घटनाकाे छानबिन टाेलीले सुरु गर्याे काम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु भएको छ ।

सोमबार राति विराटनगर आएर टाेलीले काम सुरु गरेको हाे । टाेलीले विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको बयान लिएको छ । गोली लागेर घाइते भएकामध्ये विराटनगरको न्युरो अस्पतालमा चार, विराट नर्सिङ होममा चार र नोबेल शिक्षण अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

छानबिन समितिले सबै अस्पतालमा पुगेर घाइतेहरुको बयान लिएको हाे । घाइतेका आफन्तसँग पनि साेधपुछ गरेको छ ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, १२ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.