सुनसरी झडपपछि सीडीओ र सुरक्षा निकायका प्रमुख फेरिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु र २४ जना घाइते भएपछि गृह मन्त्रालयले जिल्लाका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाएको छ ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई फिर्ता बाेलाएर उनकाे ठाउँमा ईश्वरीप्रसाद अर्याललाई पठाएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख (डीआईजी) मा शेखर खनाल र सुनसरीको प्रहरी प्रमुख (एसपी) मा पुष्पराज मल्ललाई जिम्मेवारी दिइएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाइएकाे छ ।

घटनाको छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ, जसले एक साताभित्र प्रतिवेदन बुझाउनेछ । थप हिंसा हुन नदिन प्रशासनले देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा आज बिहानदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

प्रकाशित मिति: सोमबार, ११ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.