काली मन्दिरको अतिक्रमित घरजग्गा फिर्ता, धर्मशाला बनाइने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको काली मन्दिरको अतिक्रमित जग्गा र भवन स्थानीय प्रशासनले खाली गराएको छ। उच्च अदालत विराटनगरकाे फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जग्गा र भवन खाली गरेकाे हाे ।

पुजारीले नै अतिक्रमण गरी घर बनाएकाे जग्गा र घर बिहीबार बिहान मन्दिर समितिलाई हस्तान्तरण गरिएको हो ।

विराटनगर मेनरोडस्थित मन्दिरको पश्चिमतर्फ रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन पुजारी केशवप्रसाद ढकालको नाममा दर्ता भएको थियो ।

 

पुजारीको निधनपछि उनकी श्रीमती उमादेवीले उक्त जग्गा बिक्री गर्न खोजेपछि मन्दिर समिति अदालत गएकाे थियाे । अदालतले जग्गा मन्दिरकै नाममा हुने फैसला गरेपछि प्रशासनले भवन खाली गराएको सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपालका अनुसार अब उक्त भवनलाई मर्मत गरी ‘धर्मशाला’का रूपमा सञ्चालन गरिनेछ ।

प्रकाशित मिति: बिहिबार, ०७ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.