काली मन्दिरको अतिक्रमित घरजग्गा फिर्ता, धर्मशाला बनाइने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको काली मन्दिरको अतिक्रमित जग्गा र भवन स्थानीय प्रशासनले खाली गराएको छ। उच्च अदालत विराटनगरकाे फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जग्गा र भवन खाली गरेकाे हाे ।

पुजारीले नै अतिक्रमण गरी घर बनाएकाे जग्गा र घर बिहीबार बिहान मन्दिर समितिलाई हस्तान्तरण गरिएको हो ।

विराटनगर मेनरोडस्थित मन्दिरको पश्चिमतर्फ रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन पुजारी केशवप्रसाद ढकालको नाममा दर्ता भएको थियो ।

 

पुजारीको निधनपछि उनकी श्रीमती उमादेवीले उक्त जग्गा बिक्री गर्न खोजेपछि मन्दिर समिति अदालत गएकाे थियाे । अदालतले जग्गा मन्दिरकै नाममा हुने फैसला गरेपछि प्रशासनले भवन खाली गराएको सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपालका अनुसार अब उक्त भवनलाई मर्मत गरी ‘धर्मशाला’का रूपमा सञ्चालन गरिनेछ ।

प्रकाशित मिति: बिहिबार, ०७ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.