कोशी सरकारबाट बाहिरिने विषयमा कांग्रेसको ‘पर्ख र हेर’को रणनीति, शुक्रबार निर्णय गर्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर  । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा ‘पर्ख र हेर’को रणनीति अपनाएको छ । पार्टीले नेकपा एमालेसँगको समीकरण ताेड्ने नीति लिएपनि कोशी प्रदेश कार्यदलको बिहीबार बसेको बैठकले भोलि (शुक्रबार) सम्म पर्खने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार कोशीको विशिष्ट संवैधानिक परिस्थितिका कारण तत्कालै मन्त्रीहरूलाई फिर्ता नबोलाइएको हो ।

‘कोशीमा अहिले संविधानको धारा १६८ (५) अनुसारको सरकार छ, यहाँको राजनीतिक परिस्थिति अन्य प्रदेशको तुलनामा अलि फरक छ,’ तामाङले भने, ‘त्यसैले परिस्थिति विश्लेषण गरी अन्तिम निर्णय लिन संसदीय दलका नेता उद्धव थापालाई पूर्ण अधिकार दिइएको छ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले बुधबार सातै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने  निर्णय गरेको थियो । तर, कोशी प्रदेशमा भने केन्द्रको आधिकारिक परिपत्र प्राप्त भइनसकेको र एमालेसँगको सहकार्य तोडेर नेकपासँग नयाँ समीकरण बनाउने विषयमा छलफल भइरहेकाले निर्णयमा केही ढिलाइ भएको हाे ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट पाँच जना मन्त्रीहरू सहभागी छन् । प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री. शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।

प्रकाशित मिति: बिहिबार, ३२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.