विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा ‘पर्ख र हेर’को रणनीति अपनाएको छ । पार्टीले नेकपा एमालेसँगको समीकरण ताेड्ने नीति लिएपनि कोशी प्रदेश कार्यदलको बिहीबार बसेको बैठकले भोलि (शुक्रबार) सम्म पर्खने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार कोशीको विशिष्ट संवैधानिक परिस्थितिका कारण तत्कालै मन्त्रीहरूलाई फिर्ता नबोलाइएको हो ।
‘कोशीमा अहिले संविधानको धारा १६८ (५) अनुसारको सरकार छ, यहाँको राजनीतिक परिस्थिति अन्य प्रदेशको तुलनामा अलि फरक छ,’ तामाङले भने, ‘त्यसैले परिस्थिति विश्लेषण गरी अन्तिम निर्णय लिन संसदीय दलका नेता उद्धव थापालाई पूर्ण अधिकार दिइएको छ।’
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले बुधबार सातै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेको थियो । तर, कोशी प्रदेशमा भने केन्द्रको आधिकारिक परिपत्र प्राप्त भइनसकेको र एमालेसँगको सहकार्य तोडेर नेकपासँग नयाँ समीकरण बनाउने विषयमा छलफल भइरहेकाले निर्णयमा केही ढिलाइ भएको हाे ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट पाँच जना मन्त्रीहरू सहभागी छन् । प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री. शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)