काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले बिहीबार ३५ जिल्लामा बाढीकाे जाेखिम रहेकाे जनाएका छ । बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ ।
कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामा अर्थात् सतर्कता तह भन्दा तल नै छ।
ठुला नदीहरूमा बहाव सामान्य रहे पनि स-साना नदीहरूमा भने आज बाढीको मध्यम जोखिम देखिएको छ । महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुङ्गा भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ ।
सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, बाँके, बर्दिया र यस आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ ।
महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ । जसअनुसार भोलि साउन १ गते र पर्सी साउन २ गते पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ । महाशाखाले सचेत गराउँदै भनेको छ, ‘ती नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)