३५ जिल्लामा आकस्मिक बाढीकाे जाेखिम

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले बिहीबार ३५ जिल्लामा बाढीकाे जाेखिम रहेकाे जनाएका छ । बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ ।

कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामा अर्थात् सतर्कता तह भन्दा तल नै छ।

ठुला नदीहरूमा बहाव सामान्य रहे पनि स-साना नदीहरूमा भने आज बाढीको मध्यम जोखिम देखिएको छ । महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुङ्गा भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ ।

सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, बाँके, बर्दिया र यस आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ ।

महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ । जसअनुसार भोलि साउन १ गते र पर्सी साउन २ गते पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ । महाशाखाले सचेत गराउँदै भनेको छ, ‘ती नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

प्रकाशित मिति: बिहिबार, ३२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.