विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्रको उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरूका लागि स्थानीय उत्पादनबाट निर्मित पोसाक अनिवार्य गरेको छ । सरकारले कर्मचारीहरूलाई प्रदेशमै उत्पादित ढाका, खाँडी र अल्लोका कपडाबाट बनेका कार्यालय पोसाक लगाउन अनिवार्य गरेकाे हाे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्मचारीहरूले साताको दुई दिन बुधबार र शुक्रबार अनिवार्य रूपमा स्थानीय उत्पादनको पोसाक लगाउनुपर्नेछ ।
सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजैदेखि स्थानीय उत्पादनबाट बनेको पोसाक लगाउन सुरु गरिसकेका छन् । स्थानीय उत्पादनको प्रयोगलाई प्रभावकारी बनाउन सरकारले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको वार्षिक पोसाक भत्तामा प्रतिव्यक्ति ५ हजार ५ सय रूपैयाँ थप गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो अभियानलाई प्रदेशभर विस्तार गर्ने योजना अघि सारेका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ देखि कोशी प्रदेशका स्थानीय तहहरूले पनि यो अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति लिएको उनले जानकारी दिए ।
यो अभियानले कोशी प्रदेशको पहिचान बोकेका ढाका, खाँडी र अल्लो जस्ता स्थानीय वस्तुको उत्पादन, बजारीकरण र खपतलाई प्रोत्साहन गर्नेछ । याे अभियानले स्थानीय उद्योग र उद्यमीहरूले प्रत्यक्ष लाभ पाउने उनले बताए । प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ मुख्यमन्त्री कार्कीकाे भनाइ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)