कोशी प्रदेशमा स्थानीय उत्पादनको पोसाक अनिवार्य, कर्मचारीलाई ५ हजार ५ सय थप भत्ता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्रको उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरूका लागि स्थानीय उत्पादनबाट निर्मित पोसाक अनिवार्य गरेको छ  । सरकारले कर्मचारीहरूलाई प्रदेशमै उत्पादित ढाका, खाँडी र अल्लोका कपडाबाट बनेका कार्यालय पोसाक लगाउन अनिवार्य गरेकाे हाे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्मचारीहरूले साताको दुई दिन बुधबार र शुक्रबार अनिवार्य रूपमा स्थानीय उत्पादनको पोसाक लगाउनुपर्नेछ ।

सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजैदेखि स्थानीय उत्पादनबाट बनेको पोसाक लगाउन सुरु गरिसकेका छन् । स्थानीय उत्पादनको प्रयोगलाई प्रभावकारी बनाउन सरकारले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको वार्षिक पोसाक भत्तामा प्रतिव्यक्ति ५ हजार ५ सय रूपैयाँ थप गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो अभियानलाई प्रदेशभर विस्तार गर्ने योजना अघि सारेका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ देखि कोशी प्रदेशका स्थानीय तहहरूले पनि यो अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति लिएको उनले जानकारी दिए ।

यो अभियानले कोशी प्रदेशको पहिचान बोकेका ढाका, खाँडी र अल्लो जस्ता स्थानीय वस्तुको उत्पादन, बजारीकरण र खपतलाई प्रोत्साहन गर्नेछ । याे अभियानले स्थानीय उद्योग र उद्यमीहरूले प्रत्यक्ष लाभ पाउने उनले बताए । प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ मुख्यमन्त्री कार्कीकाे भनाइ छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.