पहिरो र वर्षाको जोखिम : काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी राेकिए

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीलाई राेकिएकाे छ ।

नागढुंगा, साँगा, फर्पिङ र बीपी राजमार्ग हुँदै चल्ने लामो दूरीका सवारी साधनलाई बसपार्कमै रोकिएको हाे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्गको चितवन खण्ड (केराबारी र तुइनखोला), बीपी राजमार्गको मंगलटार र कान्तिपथका विभिन्न ठाउँमा पहिरो खसेकाले यातायात ठप्प भएको छ । वर्षाका कारण हेटौंडा जोड्ने फाखेल-सिस्नेरी सडक पनि अवरुद्ध छ ।

सुरक्षाका कारण हिजो रातभर र आज बिहान पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । जोखिमको अवस्था विश्लेषण गरेपछि मात्रै गाडीहरू छोडिने छ । चितवन प्रशासनले पनि अर्को सूचना नआएसम्मका लागि सवारी आवागमन बन्द रहने जानकारी दिएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.