पहिरो र वर्षाको जोखिम : काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी राेकिए

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीलाई राेकिएकाे छ ।

नागढुंगा, साँगा, फर्पिङ र बीपी राजमार्ग हुँदै चल्ने लामो दूरीका सवारी साधनलाई बसपार्कमै रोकिएको हाे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्गको चितवन खण्ड (केराबारी र तुइनखोला), बीपी राजमार्गको मंगलटार र कान्तिपथका विभिन्न ठाउँमा पहिरो खसेकाले यातायात ठप्प भएको छ । वर्षाका कारण हेटौंडा जोड्ने फाखेल-सिस्नेरी सडक पनि अवरुद्ध छ ।

सुरक्षाका कारण हिजो रातभर र आज बिहान पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । जोखिमको अवस्था विश्लेषण गरेपछि मात्रै गाडीहरू छोडिने छ । चितवन प्रशासनले पनि अर्को सूचना नआएसम्मका लागि सवारी आवागमन बन्द रहने जानकारी दिएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.