विद्युत मर्मत गर्न गएका दुई कर्मचारीको दुर्घटनामा मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरण धरानको स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना कर्मचारी घाइते भएका छन् ।

मृतक र घाइते नेपाल विद्युत प्राधिकरण धरानमा कार्यरत थिए । प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजेतिर दुहबी–धरान ३३ केभी लाइनमा समस्या आएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरिएको थियो ।

‘लाइन पेट्रोलिङ तथा मर्मतका लागि परिचालन गरिएका कर्मचारीहरु चढेको गाडी दुर्घटना परेको हो । दुर्घटनामा ठूलो क्षति भएको छ । दुई जनाको मृत्यु भयो । एक जना घाइते उपचाररत हुनुहुन्छ,’ पोखरेलले भने ।

कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० सेउती पुलबाट करिब २ सय मिटर दक्षिणमा अर्थात् तरहरातर्फ राति ११ः४० बजेतिर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको विद्युत प्राधिकरणको बा १ ञा १६५१ नम्बरको स्कोरपिओ आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा परेर विद्युत प्राधिकरण धरानमा कार्यरत स्कोरपिओ चालक धरान उपमहानगरपालिका–१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का अन्दाजी ४९ वर्षीय सुमन अचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । राई करारका कर्मचारी हुन् । हेल्पर पदमा कार्यरत आचार्य प्राधिकरणका स्थायी कर्मचारी हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी एम्बुलेन्समा राखेर उपचारका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ चिकित्सकले राति १२ः४५ बजेतिर मृत घोषणा गरेका थिए ।

दुर्घटनामा  घाइते प्राधिकरणकै कर्मचारी धरान–२० का अन्दाजी ३२ वर्षीय पदम राई  बीपीमै उपचार भइरहेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.