विद्युत मर्मत गर्न गएका दुई कर्मचारीको दुर्घटनामा मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरण धरानको स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना कर्मचारी घाइते भएका छन् ।

मृतक र घाइते नेपाल विद्युत प्राधिकरण धरानमा कार्यरत थिए । प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजेतिर दुहबी–धरान ३३ केभी लाइनमा समस्या आएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरिएको थियो ।

‘लाइन पेट्रोलिङ तथा मर्मतका लागि परिचालन गरिएका कर्मचारीहरु चढेको गाडी दुर्घटना परेको हो । दुर्घटनामा ठूलो क्षति भएको छ । दुई जनाको मृत्यु भयो । एक जना घाइते उपचाररत हुनुहुन्छ,’ पोखरेलले भने ।

कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० सेउती पुलबाट करिब २ सय मिटर दक्षिणमा अर्थात् तरहरातर्फ राति ११ः४० बजेतिर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको विद्युत प्राधिकरणको बा १ ञा १६५१ नम्बरको स्कोरपिओ आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा परेर विद्युत प्राधिकरण धरानमा कार्यरत स्कोरपिओ चालक धरान उपमहानगरपालिका–१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का अन्दाजी ४९ वर्षीय सुमन अचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । राई करारका कर्मचारी हुन् । हेल्पर पदमा कार्यरत आचार्य प्राधिकरणका स्थायी कर्मचारी हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी एम्बुलेन्समा राखेर उपचारका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ चिकित्सकले राति १२ः४५ बजेतिर मृत घोषणा गरेका थिए ।

दुर्घटनामा  घाइते प्राधिकरणकै कर्मचारी धरान–२० का अन्दाजी ३२ वर्षीय पदम राई  बीपीमै उपचार भइरहेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.