तीन मिडिया हाउस अगाडि शंकास्पद अवस्थामा भेटियाे गाडी

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । कान्तिपुर पब्लिकेशन, अनलाइनखबर लगायत मिडिया हाउस अगाडि शंकास्पद अवस्थामा गाडी पार्किङ गरिएको छ । कार्यालयहरुकाे प्रवेशद्वारमा अवरोध पुग्ने गरी गेटमा गाडी पार्किङ गरिएको हो ।

कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको छ ।

अनलाइनखबरको नयाँबानेश्वरस्थित अफिसको गेट अगाडि पनि गाडी रोकिएको छ । झन्डै गेटको आधा भागसम्म गाडीले ढाकेको छ । हिमालय टेलिभिजनको गेट अगाडि पनि गाडी रोकिएको छ ।

तीन वटै गाडी निजी नम्बर प्लेटका छन्। गाडी कसले र किन छाडेर गएको हो भन्ने खुलिसकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी पाएपछि प्रहरी पठाइसकेको बताए । उनले प्रहरीले अनुसन्धान सुरु गरेकाे बताए ।

प्रकाशित मिति: सोमबार, २९ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.