कोशी अस्पतालको जग्गा खाली गराउन साेमबार बिहान चल्यो डोजर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी अस्पताल विराटनगरको स्वामित्वमा रहेको बहुमूल्य जग्गा खाली गराउन अस्पताल प्रशासनले साेमबार बिहान डाेजर चलाएकाे छ । विभिन्न संघसंस्थाले अस्पतालको जग्गा ओगटेर निर्माण गरेका २६ वटा व्यावसायिक सटरहरूमा सोमबार बिहानै डोजर चलाइएको हो ।

विराटनगर-७, अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए । ती संस्थाहरुले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका थिए ।

अस्पताल प्रशासनले ती संस्थाका मुख्य प्रशासनिक भवनलाई तत्काल नछोए पनि उनीहरूले व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका २६ वटा सटर भत्काइदिएको हाे ।

डोजर चलाउने क्रममा सम्भावित तनावलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । मोरङका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) कबित कटवाल र सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली सटर भत्काउन खटिएका छन् ।

यसअघि असार २१ गते गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा रहेका अनाधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए । मन्त्रीहरूको निर्देशनलगत्तै अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गरेको थियो । गत असार ५ गते १५ दिने सूचना जारी गरेकाे थियाे ।

अस्पताल प्रशासनले दिएको अन्तिम समयसीमा भित्रै अधिकांश व्यवसायीले आफ्ना सामानहरू हटाइसकेका थिए । खाली अवस्थामा रहेका सटर प्रयाेग गर्न नमिल्ने गरी भत्काइएकाे हाे ।

 

प्रकाशित मिति: सोमबार, २९ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.