इरानले फेरि बन्द गर्याे स्ट्रेट अफ हर्मुज

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । अमेरिकाले आक्रमण नराेकेपछि इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेकाे छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेपछि इरानले यस्ताे  घाेषणा गरेकाे हाे ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो साताको तेस्रो ठुलो सैन्य कारबाही गरेको हो।

इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले उक्त हर्मुज हुँदै जाने पानीजहाजले स्वीकृत मार्ग परिवर्तन गरेको र चेतावनीलाई बेवास्ता गरेको भन्दै क्रुज मिसाइल प्रहार गरेको थियो ।

इरानले अर्को सूचना नभएसम्मका लागि उक्त हर्जुज पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको हाे । यसको जवाफमा अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले गलत निर्णय गरेको र यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी मारिएका आफ्ना पिता तथा पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि लगत्तै मोज्तवा खामेनीले शत्रुसँग रगतको बदला लिने बताएका थिए। मसादमा भएको अन्त्येष्टि समारोहमा सहभागी हजारौँ इरानीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको माग गर्दै प्रदर्शन नै गरेका थिए ।

प्रकाशित मिति: आइतबार, २८ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.