अमेरिका र इरानबीच सैन्य टकराव, युद्धको खतरा झन बढ्यो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिकाले इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेपछि दुई देशबीचको तनाव बढेकाे छ । अमेरिकी आक्रमणको जवाफमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता अन्त्य भएको घोषणा गर्दै अब कुनै सम्झौता नगर्ने बताएका छन् । अर्कोतर्फ, इरानले धम्कीपूर्ण वातावरणमा अमेरिकासँग वार्ता नगर्ने अडान लिएको छ ।

रणनीतिक महत्वको होर्मुज स्ट्रेटमा इरानले अवरोध सिर्जना गरे विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ ।

केहीदिनअघि इरानका पूर्वसर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि थियाे । कतार र पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहे पनि क्षेत्रमा युद्धको त्रास कायमै छ । कतार, यूएई र जोर्डनले इरानी हमलाको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, २६ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.