अमेरिका र इरानबीच सैन्य टकराव, युद्धको खतरा झन बढ्यो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिकाले इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेपछि दुई देशबीचको तनाव बढेकाे छ । अमेरिकी आक्रमणको जवाफमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता अन्त्य भएको घोषणा गर्दै अब कुनै सम्झौता नगर्ने बताएका छन् । अर्कोतर्फ, इरानले धम्कीपूर्ण वातावरणमा अमेरिकासँग वार्ता नगर्ने अडान लिएको छ ।

रणनीतिक महत्वको होर्मुज स्ट्रेटमा इरानले अवरोध सिर्जना गरे विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ ।

केहीदिनअघि इरानका पूर्वसर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि थियाे । कतार र पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहे पनि क्षेत्रमा युद्धको त्रास कायमै छ । कतार, यूएई र जोर्डनले इरानी हमलाको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, २६ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.